ईनरह्विल अफ लुम्बिनीको अध्यक्ष पदमा बिना भण्डारी पाठक भएकि छन् । शुक्रबार ८ औ पदस्थपना क्लबको उपाध्यक्ष रहेको पाठक अध्यक्ष भएकि हुन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष पाठकले सामाजिक छेत्रमा सक्रिय रहेको उक्त संस्थालाई कुशल ढंगले नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरीन् । त्यस्तै उपाध्यक्षमा नारायणी नेपाल, सचिव कोपिला मरासिनी, कोषाध्यक्ष कमला भट्टराई, कार्यक्रम ईडिटर बिनिता नेपाल,आईएसो सुनिता लम्साल, २६ सदस्य रहेका छन् ।
कार्यक्रममा बोल्दै ईनर ब्यिल कल्ब अफ लुम्बिनीका निवर्तमान अध्यक्ष सृजना जोशीले संस्थाले सामाजिक रूपमा आफ्नो पहिचान स्थापित गर्न समेत पहल गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि ईनर ब्यिल ३५० डिस्टि्रक अध्यक्ष आशा श्रेष्ठले निवर्तमान अध्यक्षको कार्यकालमा सह्रानिय कार्य भएको बताउँदै नव पदाधिकारीलाई डिस्ट्रिकको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरीन् ।
संस्थापक अध्यक्ष ज्ञानु यानु पौडेलले स्थापना कालदेखि नै सामाजिक छेत्रमा संस्था लागि परेको बताउँदै संस्थालाई निरन्तर साथ रहने जनाईन् । ब्राह्म कुमारी ईश्वरीय विश्व विद्यालय भैरहवा शाखा प्रमुख शान्तिले सेवा नै धर्म भएको कारणले गर्दा सामाजिक छेत्रमा निरन्तर लागिरहने प्रोत्साहन गरीन् ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू सिता भट्टराई, मिना पन्थी, बिना अग्रवाल, संस्थाका पदाधिकारी, नेपाल भारत मैत्री संघका पूर्व डा शान्त कुमार शर्मा, साई ग्लोबल माध्यमिक विद्यालयका म्यानेजिङ डाइरेक्टर मोति पौडेल लगायतको उपस्थिती रहेको कार्यक्रममा नृत्य प्रस्तुत समेत गरीएको थियो, त्यसैगरी एस ईई परिक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान तथा एक जना छात्रालाई छात्रवृति वितरण गरिएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव कोपिला मरासिनीले गरेकि थिइन।