रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले मुलुकको समस्या समाधानको लागि कम्युनिस्ट पार्टी भित्र भएका जडता हटाउन जरुरी रहेको बताएका हुन् । समाजवादी प्रेस संगठन रुपन्देहीको आयोजनामा शनिवार रुपन्देहीमा भएको वर्तमान सन्दर्भमा नेपाली पत्रकारिताको अवस्था र अबको बाटो बिषयक अन्तरक्रिया एंव सम्मान कार्यक्रममा बोल्दै भुसालले २ बर्ष भित्र बलियो र भरपर्दाे बाम बिकल्प दिने गरि अघि बढि रहेको समेत बताए ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य सोम प्रसाद पाण्डेले निराशावादी भन्दा आशा जगाउने खालका समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरे ।
सो अवसरमा समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष बिश्वमणि सुवेदीले पत्रकारहरु अरु पेशाका मान्छे भन्दा बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
समाजवादी प्रेस संगठन रुपन्देहीको अध्यक्ष बिनोद परियारको अध्यक्षतामा भएको कार्यक्रममा सृजनशिल पत्रकारिता पुरस्कार उषा पन्त र युवा पत्रकारिता पुरस्कार अस्मीता अधिकारी र विेशष सम्मान विश्वमणी सुवेदी, हृदय भुसाल र प्रकाश न्यौपानेलाई समर्पण गरिएको थियो । कार्यक्रममा प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी, समाजवादी प्रेस संगठन लगायत सबै पत्रकार सम्बद्ध संघसंस्थाका प्रतिनिधी उपस्थित रहेका थिए । समाजवादी प्रेस संगठनले जिल्लामै नयाँ ढंगको कार्यक्रम गरेर सबैलाई सन्देश दिएको सो अवसरमा तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाणले बताएका छन् ।